कांग्रेसका बाहरूलाई कान्छो पुस्ताको सन्देश : समय प्रो-म्याक्सको हो, ल्याण्डलाइन बिदा गरौँ « Khabarhub

कांग्रेसका बाहरूलाई कान्छो पुस्ताको सन्देश : समय प्रो-म्याक्सको हो, ल्याण्डलाइन बिदा गरौँ



काठमाडौं- फागुन २१ को चुनावमा जुट्ने वा महाधिवेशन पहिले गर्ने भन्नेमा कांग्रेसले अझै निर्क्यौल गर्न सकेको छैन । अर्को, नियमित र विशेष महाधिवेशनको लफडाले नेपाली कांग्रेस फुट्ने संघारमा त छैन ? भन्ने प्रश्न तेर्सिएको छ ।

जेन–जी आन्दोलनपश्चात् जनताले युवा नेतृत्व खोजिरहेका छन् । नयाँ अनुहारलाई स्थान दिनुपर्छ भन्ने पक्षहरु चुनावअगाडि नै महाधिवेशन गर्नुपर्ने लाइनमा छन् ।

तर, अर्को पक्ष समय अभावको कारण चुनावपछाडि महाधिवेशन गर्ने मुडमा छन् । वैकल्पिक दलहरु मिलेर चुनाव लड्ने भएका छन् । उनीहरु चुनावको तयारीमा जुटिसके ।

वैकल्पिक दलहरुले युवाहरुलाई नेतृत्व गर्न प्रोत्साहन गरिरहेका छन् । तर कांग्रेस आफैँभित्रको लडाईँमा विभक्त देखिएको छ । उही पुराना नेताहरु अन्तिमपटक चुनाव लड्ने रहरमा छन् ।

जेन–जी आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिले नराम्रोसँग कुटाइ खाए । कुटाइ खानुको यावत पक्षमध्ये एक हो–अब शेरबहादुर होइन भन्ने सन्देश ।

तर उनी अझै एकपक अन्तिम चुनाव लड्न चाहन्छन् । यस अवस्थामा हामीले कांग्रेसको कान्छो पुस्तासँग सोधेका छौ– देउवाले सक्रिय राजनीतिमा रहने वा अब विश्राम लिने ?

हजुरबा र बाहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्छ

भूपी ऐर
सभापति स्ववियू
एमालेले आफ्नो महाधिवेशन आफ्नो तरिकाले गरिसक्यो । नेपाली कांग्रेसको पनि एक पक्षले सक्दो प्रयास गरेको हो । कुवाको पानी बेला–बेलामा सफा गरिएन भने लेउ किरा लागेर दुर्गन्धित हुन्छ यसले गर्दा पानी गन्हाउन थाल्छ । साथै त्यसले विभिन्न रोगहरु निम्त्याउँछ । राष्ट्र निर्माणको लागि जुट्ने नेतृत्व अर्थात् संगठनको सरसफाइ हुन आवश्यक छ ।

शीर्ष नेताहरु अहिलेसम्म पनि लडाइँ गरिरहनुभएको छ । संसद, संगठन र तल्लो इकाइमा लडिरहनुभएको छ । यसका बाबजुद बीचमा उथलपुथल भयो । जेन–जी आन्दोलनपश्चात् कांग्रेसको अवस्था झनै डामाडोल भएको छ । पुराना पार्टी एकदमै खराब हुन् भन्ने सन्देश फैलिएको छ । नयाँ नेतृत्व नै अबको आवश्यकता हो भन्ने वातावरण निर्माण गरिएको छ ।

प्रजातान्त्रिक धारका साथीहरुसमेत नयाँ दलमा प्रवेश गरिरहेका छन् । पार्टी तथा संगठनलाई ठूलो र मजबुत बनाउन नेतृत्वले मुख्य भूमिका खेल्छ । नेतृत्व निष्पक्ष र दुरगामी नहुँदा युवालाई नसमेट्दा अब के हुन्छ ? भनेर सोच्ने बेला आएको छ । जेन–जी आन्दोलन किन भएको थियो ?

भ्रष्टाचारमुक्त सुशासनलाई संस्थागत बनाउने मुद्दा थिए । चुनाव नजिकिदै छ, कांग्रेस अझै अन्योलमै छ । युवाहरु नियमित अधिवेशन गराउने पक्षमै हो । युवाले आफ्नो स्पेस खोजिरहेका छन् । हामी युवाले आफ्ना एजेण्डा कहाँ गएर राख्ने ? त्यो नियमित अधिवेशन नै थियो । दुरगामी दुरदर्शी युवाहरुको विचारले नेतृत्व गरोस् भन्ने हो ।

शेरबहादुर देउवा प्रजातन्त्रको लागि जेलनेल सहेको व्यक्ति हो । पार्टी बनाउन पनि उहाँको योगदान छ । अझै नेतृत्वमा लालायित नहुन उहाँसंग आग्रह छ । नेतृत्व हस्तान्तरण गरेर हजुरबा र बाहरुले सक्रिय राजनीति छोडेको राम्रो हुन्छ । नयाँ पुस्ताले उहाँहरुको अस्तित्व अब नस्वीकार्ने बताएका छन् । उहाँहरु अभिभावकको भएर बस्नुपर्छ ।

ल्याण्डलाइन सङ्ग्रहालयमा सुहाउँछ

सविन विश्वकर्मा
बागमती प्रदेश प्रतिनिधि
विशेष वा नियमित के गर्न सकिन्छ, एक महाधिवेशन समयमै हुनुपर्छ । हामी युवाले अधिवेशन हुनुपर्छ भन्ने कुराको तात्पर्य भनेको नयाँ अनुहार आउनुपर्छ अर्थात् युवाहरु आउनुपर्छ भनेको हो । एमालेमा अधिवेशन भयो तर त्यही पुस्ता दोहोरियो । दोहोरिने हो भने अधिवेशनको औचित्य हुन्न ।

कांग्रेसलाई सुदृढ गर्दै पार्टीलाई बलियो भएको देख्न चाहन्छौ । १४औं महाधिवेशनबाट निर्वाचित सभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीहरुबाट जति आश गरेका थियौँ, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, जिल्ला सभापतिहरुले निराशा छर्ने काम गर्नुभयो ।

सय प्रतिशत परिवर्तन नआएपनि कम्तिमा २० प्रतिशत नयाँ अनुहारले ठाउँ पाउनु पर्छ । स्मार्ट फोनको समय आइसक्यो । अब ल्याण्डलाइनले स्मार्ट फोनले गरेको काम गर्न सक्दैन । ल्याण्डलाइन अब सुरक्षित सङ्ग्रालयमा बस्ने हो । ल्याण्डलाइनले आफ्नो समयमा भरपुर काम गरेको हो । तर अहिले आइफोन सत्र आइसक्यो । जसरी प्रविधिमा अपडेट आउँछ ।

त्यसैगरी नेतृत्वमा पनि जनता नयाँ अपडेट खोजिरहेका हुन्छन् । शेरबहादुर देउवाको साथीसर्कललेसमेत युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । गगन थापा, विश्वप्रकाश, गुरु घिमिरे नै आउनुपर्छ भन्ने छैन । तर यो उमेर समूहबाटै आउनु पर्छ । पार्टीलाई चलाउने योग्य ड्राइभर सबैले चुन्छन् ।

नेतृत्व हस्तान्तरण उचित हुन्छ

कमला हमाल
महाधिवेशन प्रतिनिधि
कांग्रेसको महाधिवेशन वडास्तरबाटै सुरु हुन्छ । नयाँ क्रियाशील सदस्यता खुलाउनुपर्ने हुन्छ । त्योसँगै सदस्यता छानबिन गर्ने लगायत विविध काम हुन्छ । एमाले अधिवेशन जस्तो सजिलो कांग्रेस अधिवेशन हुँदैन । एमालेमा टक्क–टक्क नेतृत्वले चुनेर महाधिवेसन प्रतिनिधि फलानो फलानो ल्याउने भन्ने हुन्छ । उनीहरु निर्वाचित भएर आएका हुँदैनन् ।

सहमतिमा प्रतिनिधि बनाइन्छ । तर कांग्रेसमा त्यो हुँदैन । कांग्रेसमा एक भोट मात्रै किन नआओस् तर चुनाव लड्छु भन्ने अभ्यास छ । त्यसैगरी जिल्ला अधिवेशन, धेरै क्षेत्र हुने ठाउँमा क्षेत्रीय अधिवेशन गराउनुपर्छ । महाधिवेशनको मतगणना गर्न पनि तीन दिन लाग्छ । हाम्रो पार्टी मासबेस पार्टी हो । लोकतान्त्रिक पद्धतिलाई बढी प्राथमिता दिइन्छ । ८ लाख क्रियाशिलतासँगै नयाँ क्रियाशितला खुलाउनुपर्छ ।

नयाँको पनि छानविन हुनुपर्छ । पुस १६ मा वडा अधिवेसन हुने भनेर तोकिएको थियो । तर क्रियाशील सदस्यकै टुङ्गो नभएपछि त्यो नै सम्भव भएन । त्यसकारण नियमित अधिवशेन गर्न सम्भव भएन । माघ १० सम्ममा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । पुस महिनाको अन्त्यतिर आइसक्यौँ । सँगै फागुनको २१ मा प्रतिनिधिसभा निर्वाचनको तयारीमा समय अपुग हुने हो कि भन्नेमा नियमित अधिवेशन गर्न नसकिएको हो ।

देउवा १४औं महाधिवेशनबाट निर्वाचित सभापति हो । मंसिरबाट उहाँको कार्यकाल सकिएको हो । अर्को कांग्रेसकै विधानमा दुईपटक पार्टी सभापति भइसकेपछि तेस्रोपटक लड्न पाइँदैन । उहाँ स्वतः विदा हुँदैहुनुहुन्छ । स्वयम्ले पनि अब कांग्रेस युवा पुस्ताले सम्हाल्नुपर्छ भन्दै आउनुभएको छ ।

अघिल्लो पुस्तालाई अभिभावकको रुपमा सम्मान गर्दै नयाँलाई हस्तान्तरण गर्नुपर्छ । त्यो भनेको नियमित अधिवेशनबाटै हुनुपर्छ । विशेष अधिवेशन जम्मा ६ महिनालाई हो । पटक–पटक अधिवेशन मात्रै गर्नुभन्दा नियमितलाई नै जोड दिनुपर्छ ।

समस्या वृद्ध र युवाको होइन, नियतको हो

झनकराज तिमिल्सिना
नगर सदस्य टीकापुर
कांग्रेसको कार्यसम्पादन समितिको बैठक देशभरिबाट कार्यकर्ताहरुले हेरिरहेका छन् । पार्टीको कार्यकर्ताको हिसाबले कुनै पनि हालतमा आफ्नो सैद्धान्तिक विचलनबाट राजनीति सुरु हुनु हुँदैन । विधि र विधानसम्वत तरिकाले अगाडि बढ्नुपर्छ । नियमित महाधिवेशनको पक्षमा कांग्रेस अगाडि बढ्नुपर्छ ।

यो लडार्इंले कार्यकर्तामा निराशा छाइरहेको छ । नेताहरुको गतिविधि ठीक छैन भनेर बुझिएको छ । नियमित अधिवेशन र विशेष अधिवेशनको पक्षमा कांग्रेस फुट्नु हुँदैन । समस्या युवा र वृद्धको होइन । समस्या नियतको हो । सही नियतमा वृद्ध वा युवा जो भएपनि हुन्छ । नियत सही नभएको युवाले देश सिध्याउन सक्छ । शेरबहादुर देउवा हुन् कि गगनकुमार थापा हुन् कि शेखर कोइराला नै हुन् ।

जो भएपनि फरक पर्दैन तर पार्टी हाँक्ने सवालमा र देशको नेतृत्व उचित हिसाबले सम्हाल्न जसले सक्छ, त्यसले गर्दा हुन्छ । मआफैँ ३० वर्षको भएँ तर मेरो नियत सही छैन भने नेतृत्व गलत दिशामा जान समय लाग्दैन । मैले मात्रै गर्न सक्छु, यो देश बनाउन सक्ने मैमात्र हुँ भन्ने भावना बेठीक हो ।

पार्टीमा एकै व्यक्ति दोहोरिँदा नैरास्य छाउँछ

रिता शाही
महाधिवेशन प्रतिनिधि
हामी कुनै व्यक्तिलाई हेरेर कांग्रेस भएको होइन । आफ्नै पनि भविष्य खोजेर अर्को देशको स्थितिलाई बुझेर बीपीलाई बुझेर लागेको हो । तर पछिल्लो समय पार्टीमा व्यक्तिगतवाद मौलाइरहेको छ । परिवर्तन चाहेरै जेन–जी आन्दोलन भयो । पदाधिकारीहरु पनि नयाँ नेतृत्व आउनुपर्छ भन्नेमा हुनुहुन्छ ।

नयाँ युवा माथि टुप्पोमा मात्रै आएर भएन । तलैबाट अर्थात् भुईं तहबाट नयाँ पुस्ता आउनु पर्छ । युवाहरु गाउँमा छन्, टोलमा छन् । तिनीहरुले क्रियाशील सदस्यता लिनुपर्यो । त्यसको लागि पार्टीले नियमित अधिवेशन गर्न अत्यन्त आवश्यक छ । हामी कार्यकर्ताले नियमित अधिवेशन नै चाहेका छौं ।

विशेष अधिवेशन गरांै भन्ने पक्षले पदाधिकारीले नै गरुन् । तर पार्टी फुटाउने काम नगरुन् । अग्रज नेताहरुको ठूलो बलिदानले बनेको पार्टी हो । देश र जनताको समग्र हित र अधिकारका लागि लडेको र लड्दै आएको पार्टी हो । कांग्रेस फुट्दा देश लथालिङ्ग स्थितिमा जान्छ भन्ने कुरा शीर्ष नेताहरुले नबिर्सिउन् ।

पार्टीमा सयौं युवाहरुले आफ्नो ठाउँ खोजिरहेका छन् । सभापति देउवा कांग्रेस पार्टीको अभिभावक हो । कांग्रेस पार्टी बनाउन उहाँको ठूलो योगदान छ । निरंकुशतासँग लड्नुभयो । बाहिरी शक्तिहरुले राष्ट्रमाथि गरेको हस्तक्षेपविरुद्ध लड्नुभयो । देशमा आएका विभिन्न संकटमा अरु पार्टीले गर्न नसकेको काम गर्नुभयो । तर उहाँ उमेर र स्वास्थ्यको हिसाबले कमजोर हुँदै जानुभएको छ ।

त्यसकारण अभिभावक रहेर क्रियाशील राजनीतिबाट विश्राम लिन उचित हुन्छ । त्यसैगरी युवा भन्ने बित्तिकै उमेरले मात्रै युवा भएर हुँदैन । देशलाई सही मार्गदर्शन गर्न सक्ने सचेतना भएको हुनुपर्छ । कूटनीतिक जानेको हुनुपर्छ । नैतिक पतन नभएको अर्थात् नैतिक दाग नलागेको व्यक्ति हुनुपर्छ । धेरैपटक एकै व्यक्ति मन्त्री भएको कुराले राम्रो सन्देश जाँदैन । यो कुरा कांग्रेसले बुझ्नुपर्छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५० बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर