सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र « Khabarhub

सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र थमाएको छ।

आयोगको टोलीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको हो ।

पूर्वप्रधानमन्त्री ओलीको निवासमै पत्र पुगेको सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताएका छन् ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने अडान राखेका छन् । उनले कार्कीको योग्यता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै आफ्नो धारणा राखिसकेकाले उनले आफ्नो बयान लिन नसक्ने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : १२ बजे

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौं– कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवन

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बलेवा– बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’