नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका हुन् ।

नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उहाँ सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए ।

संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ५२ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको