२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय « Khabarhub

२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ । गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिम विद्वत समिति गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको सेवा प्रवाहमा सुधारसम्बन्धी कार्ययोजनामा उल्लेख छ ।

विसं २०६० सम्म यस्तो समिति सरकारले गठन गर्ने गरेकामा त्यसपछि बन्न नसकेको गुठी संस्थानका सूचना अधिकारी एवं कानुन अधिकृत जनक पोखरेलले जानकारी दिए। संस्थानले सञ्चालन गर्नुपर्ने कुनै पनि जात्रा पर्वविशेष कारणवश हुन नसक्ने अवस्था आएमा समितिले राय, सुझाव दिने व्यवस्था गुठी ऐनमा रहेको उनले बताए ।

यसैगरी मन्त्रालयको सेवा प्रवाहसम्बन्धी कार्ययोजनामा गुठी जग्गा सम्बन्धमा २०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा पेस भएको प्रतिवेदन लागू गर्न कार्यदल गठन गरिने उल्लेख छ । गुठी संस्थान, सञ्चालक समितिको तीन सदस्य नियुक्ति गरी सञ्चालक समितिलाई पूर्णता दिइने पनि कार्ययोजनामा उल्लेख छ । मठाधीश, पुजारीलगायतको पारिश्रमिक तोक्नेसम्बन्धी मापदण्ड तर्जुमा गर्ने कार्ययोजना पनि मन्त्रालयले बनाएको छ ।

मठाधीश नियुक्तिसम्बन्धी मापदण्ड संशोधन÷परिमार्जन गर्ने, श्रीगणेश र श्रीभैरबको आवासका लागि हनुमानढोकास्थित साबिक नवआदर्श माध्यमिक विद्यालयको भवन रहेको स्थानमा भवन निर्माणका लागि शिक्षा मन्त्रालयसँग जग्गाको भोगाधिकारका लागि समन्वय गरिने कार्ययोजना बनेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने क्षेत्र विकास समिति र गुठी व्यवस्थापन समितिबीच एकद्वार प्रणालीबाट सांस्कृतिक धरोहरको व्यवस्थापन गरिने विषयलाई पनि मन्त्रालयले कार्ययोजनामा राखेको छ ।

दोहोरो क्षेत्र अधिकारको विषय निराकरण गर्न यसले सहयोग गर्ने विश्वास लिइएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले बताए । तैनाथी, अधिनस्थ र तैनाथी गुठी जग्गाको लगत प्रमाणीकरण गरी सो लगत तयार गर्ने र त्यस्ता जग्गाको संरक्षण गर्ने, भूमि, गुठी, सहकारीसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने मन्त्रालयलको कार्ययोजना छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : २१ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको