अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । मंगलबार एकको खरिद दर १४६ रुपैयाँ १३ पैसा र बिक्री दर १४६ रुपैयाँ ७३ पैसा तोकिएको अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ३९ र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ४६ बजे

सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा