आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै « Khabarhub

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।

नेपालमा मात्रै हरेक वर्ष झन्डै २६ देखि ३० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।

समयमै पहिचान गरी उपचार गर्न सके क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने चिकित्सकको भनाइ छ ।

नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ ।

जाँडरक्सी र सुर्तीजन्य पदार्थ सेवन, धुमपान, अस्वस्थ जीवनशैली, प्रदूषण, वंशाणुगतलगायतका कारणले क्यान्सर रोगको जोखिम रहने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ५१ बजे

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी– बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र

निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

महाभारतको अर्जुन बनेर अदालतले न्यायको रक्षा गर्न सक्दैन ?

अदालतलाई डर लाग्नु सामान्य विषय होइन । नागरिकलाई डर लाग्यो