अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र « Khabarhub

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को नौवस्ता कारागार, क्षेत्र नम्बर २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।

सङ्घ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलगायत अस्थायी मतदाता नामावलीमा समावेश छन् ।

बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाताका छन् । अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मङ्गलबार भएको बैठकले निर्वाचनका लागि दुई हजार ४१५ कर्मचारी सिफारिस गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ११ : ३० बजे

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन