क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा « Khabarhub

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ । 

विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुटसमेतको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ । 

विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले आज सचेतना र्‍यालीको आयोजना गरेको छ । 

अस्पतालबाट सुरु भएको र्‍यालीले भरतपुरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्‍यालीमा कलेजका प्राध्यापक, अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो । 

क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पुर्‍याउनु रहेको इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । 

विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षण समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ । 

रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मिर्गाैलाको कार्य परीक्षण, रगतको मधुमेहको परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण, छातीको एक्स–रे, पेटको भिडियो एक्सरे सेवा रहेका छन् ।

यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेजअन्तर्गत रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेह परीक्षण, पाठेघरको मुखको परीक्षण, छातीको एक्स–रे, पेटको अल्ट्रासाउन्ड, स्तनको अल्ट्रासाउन्ड रहेका छन् । 

महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ/छैन भन्नेबारे जानकारी लिन परीक्षण गराइने देवकोटाले जानकारी दिए । उनका अनुसार यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।

इन्स्टिच्युटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको उनको भनाइ छ । 

स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 

इन्स्टिच्युटले सरकारी अस्पतालको दररेटमा क्यान्सरको उपचार गर्दै आइएको जनाएको छ । 
 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १२ : २२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी