सक्रिय कलाकारलाई ‘हर्स राइड’ तालिम दिँदै बोर्ड, विजय र केकीलगायत सहभागी हुने « Khabarhub

सक्रिय कलाकारलाई ‘हर्स राइड’ तालिम दिँदै बोर्ड, विजय र केकीलगायत सहभागी हुने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘समृद्ध चलचित्रका जगतका लागि दक्ष चलचित्रकर्मी’ बनाउने उद्देश्यका साथ चलचित्र विकास बोर्डले एक साताको ‘हर्स राइड’ तालिम दिने भएको छ ।

फिल्ममा सक्रिय कलाकारहरुका लागि बोर्डले माघ २४ देखि ‘घोडाचढी’ तालिम दिने भएको हो ।

बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार फिल्ममा घोडा चढ्ने दृश्य छायाङ्कनका लागि सहज होस् भन्ने उद्देश्यले यो तालिम राखिएको हो ।

उनी भन्छन्, ‘फिल्मका लागि घोडा चढ्नुपर्ने दृश्य आउन सक्छन् । यसका लागि तयार गर्न बोर्डले सक्रिय कलाकारलाई तालिम दिन लागेको हो । एक साताको तालिमले उहाँहरुले स्टन्ट गर्न त सक्नुहुन्न । तर, घोडा कुदाउन भने सक्नुहुन्छ ।’

यो तालिममा सक्रिय कलाकारहरु नै इच्छुक देखिएको उनले बताए ।

उनका अनुसार नायकहरु सरोज खनाल, विजय बराल, नाजिर हुसेन, शिरि वाङदेल र नायिका केकी अधिकारीलगायत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ३२ बजे

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी