कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित « Khabarhub

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उद्योग संगठनका अनुसार अमेरिकी भन्सार कर र वार्षिक १५ प्रतिशतको उच्च आधार ब्याजदरका कारण ब्राजिलको उद्योग क्षेत्र निरन्तर दबाबमा परेको छ। 

महासंघले सरकारद्वारा लागू गरिएको कडा मौद्रिक नीति र बाह्य व्यापारिक दबाबले उद्योग क्षेत्रमा दोहोरो असर पारेको चेतावनी दिएको छ। यी कारणहरूले उत्पादन सीमित हुनुका साथै निर्यात गतिविधि समेत कमजोर बनेको जनाइएको छ।

मंगलबार सार्वजनिक तथ्यांकअनुसार सन् २०२५ को दोस्रो छ महिनाको अवधिमा संयुक्त राज्य अमेरिकातर्फको निर्यात ८.६ प्रतिशतले घटेको छ।

यस्ता चुनौतीहरू समाधान गर्न उद्योग महासंघले श्रमिक वर्गका लागि आयकर छुट, आवास कार्यक्रमको विस्तार तथा निजी क्षेत्रका लागि कर्जा प्रवाह तीव्र बनाउने उपायहरू प्रस्ताव गरेको छ।

महासंघले सन् २०२६ मा ब्राजिलको औद्योगिक क्षेत्र केवल ०.६ प्रतिशतले मात्र विस्तार हुने अनुमान गर्दै आगामी वर्ष पनि गम्भीर आर्थिक चुनौतीहरू कायम रहने जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  २ : १५ बजे

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच