फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी « Khabarhub

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको दाबी गर्दै निर्माण टिमले उनीहरुसँग माफी मागेको छ ।

फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्तले विज्ञप्ति नै जारी गरी माफी मागेका हुन् ।

फिल्म हेरेर दर्शक बेहोसमेत भएको उक्त विज्ञप्तिमा दाबी गरिएको छ । लेखिएको छ, ‘हाम्रो फिल्म हेरेर तपाईंहरु रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरु सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरु फिल्म हेर्दा हेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रुपमा गाह्रो भएको खबर हामीले पायौं ।’

आफूहरुको उद्देश्य दर्शकलाई यस्तो कठिनाइमा पार्ने नभएको पन्तले स्पष्ट पारेका छन् ।

उनले अगाडि लेखेका छन्,‘जब फिल्मको कथा आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न गाह्रो हुँदो रहेछ ।’

अर्थात्, फिल्मको कथा फिल्म बहुसंख्य दर्शकसँग मिल्ने उनको दाबी हो ।

माघ १६ बाट प्रदर्शनमा आएको यो फिल्मले आमा–छोराको सम्बन्धको कथा भन्छ । नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ०४ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ