फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी « Khabarhub

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको दाबी गर्दै निर्माण टिमले उनीहरुसँग माफी मागेको छ ।

फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्तले विज्ञप्ति नै जारी गरी माफी मागेका हुन् ।

फिल्म हेरेर दर्शक बेहोसमेत भएको उक्त विज्ञप्तिमा दाबी गरिएको छ । लेखिएको छ, ‘हाम्रो फिल्म हेरेर तपाईंहरु रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरु सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरु फिल्म हेर्दा हेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रुपमा गाह्रो भएको खबर हामीले पायौं ।’

आफूहरुको उद्देश्य दर्शकलाई यस्तो कठिनाइमा पार्ने नभएको पन्तले स्पष्ट पारेका छन् ।

उनले अगाडि लेखेका छन्,‘जब फिल्मको कथा आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न गाह्रो हुँदो रहेछ ।’

अर्थात्, फिल्मको कथा फिल्म बहुसंख्य दर्शकसँग मिल्ने उनको दाबी हो ।

माघ १६ बाट प्रदर्शनमा आएको यो फिल्मले आमा–छोराको सम्बन्धको कथा भन्छ । नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ०४ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)