हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा  « Khabarhub

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्ससिहं सुनार र नेपालगञ्जस्थित आर्यन फार्माका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धान अनुसार, स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा मिलेमतोमा खरिद नगरेको सामग्रीको बिल बनाइ लाखौं रुपैयाँ भुक्तानी लिइएको पाइएको छ। अनुसन्धानका क्रममा १२ सय रुपैयाँको बिललाई ९२ हजार रुपैयाँ बनाइ भुक्तानी लिएको खुलेको छ। बागेश्वरी सर्जिकलबाट खरिद गरिएको सामानको बिल १ हजार २ सय रुपैयाँको थियो, तर त्यसलाई ९२ हजार बनाइएको थियो।

त्यस्तै, एलाइड प्याथोक्याम एण्ड सर्जिकलको १ हजार ३५० रुपैयाँको बिललाई १ लाख १ हजार ३५० रुपैयाँ बनाइ भुक्तानी गरिएको र नक्कली ढुवानी बिल बनाएको समेत पाइएको छ। एउटा औषधिको सट्टा अर्कै सामग्री बिक्री देखाएर झुटो बिल पेश गरेको पनि पुष्टि भएको छ। अख्तियारले उनीहरूले कुल १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ।

आयोगले चारै जनाविरुद्ध जनही १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोसहित जरिवाना माग गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ४७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको