लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’ « Khabarhub

लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को असफल भइरहेका छन् ।

बक्स अफिस यति चिसिएको छ कि– बहुसंख्यक नेपाली फिल्मले एक करोड ग्रस कलेक्सन पुर्‍याउन सकेका छैनन् ।

कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ नै बक्स अफिसमा सफल अन्तिम नेपाली फिल्म बनेको छ। त्यसयताका सबै फिल्मले लगानी डुबाएका छन् ।

अहिले तीन–पाँच करोडको मध्यम व्यापार गर्न पनि नेपाली फिल्मलाई हम्मेहम्मे परिरहेको छ ।

स्टार कलाकार वा नयाँ सबैको फिल्मको व्यापार कमजोर देखिएको छ। नेपाली फिल्महरू एक साता पनि हलमा टिक्न मुस्किल परेको अवस्था छ ।

लगातार डुबिररहे पनि फिल्म प्रदर्शनमा आएका आयै छन् । कात्तिक १४ पछि यही महिनामा ४ फिल्म प्रदर्शनमा आए ।

मंसिरमा ५ र पुसमा ४ फिल्म प्रदर्शनमा आए । माघ १६ सम्म ५ फिल्म प्रदर्शनमा आइसके । माघ १ गतेमात्रै तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ प्रदर्शनमा आए ।

कात्तिक मध्यदेखि माघ ९ सम्म करिब तीन महिनाको अवधिमा १७ फिल्म प्रदर्शनमा आए । यी सबै फिल्म बक्स अफिसमा फ्लप भए ।

तर, हिन्दी फिल्मले भने दर्शकलाई तानिरहेका छन् । मंसिरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘धुरन्धर’ले १० करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

पुस पहिलो साता प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ले साढे ६ करोडभन्दा माथि व्यापार गरेको छ ।

स्टार नै फ्लप

उक्त तीन महिनाको अवधिमा स्टार कलाकारहरूका तीन पाँच फिल्म प्रदर्शनमा आए । ती हुन्– ‘जारी २’, ‘एक्लो’, ‘भाइरल गोर्खे’, ‘मिरमिरे’ र ‘परिवर्तन’ ।

‘जारी २’ले ६ करोडमाथि ग्रस कलेक्सन गरेको थियो । १८ करोड व्यापार गरेको ‘जारी’ जस्तो हिट फिल्मको सिक्वेलको व्यापार तीन गुणाले घट्नुलाई कमजोर व्यापार नै मानिन्छ ।

त्यहीमाथि यस फिल्मको शीर्ष भूमिकामा अहिलेका सर्वाधिक व्यस्त नायक दयाहाङ राई थिए । उनको अपोजिटमा नायिका मिरूना मगर थिइन् ।

दयाहाङको अर्को फिल्म ‘मिरमिरे’ हलमा एक साता पनि टिक्न पाएन । यो फिल्मको व्यापार करिब ३४ लाखभन्दा केही बढी छ । यो भनेको सुपर फ्लप हो ।

अहिले सर्वाधिक फ्यान फलोइनङ हुने नायकको सूचीका प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ पनि बक्स अफिसमा डिजास्टर फ्लप भयो ।

स्टार कलाकार भएको फिल्मले कम्तीमा ओपनिङ राम्रो गर्ने अपेक्षा गरिन्छ । ‘एक्लो’को हकमा त्यो पनि लागु भएन । त्यहीकारण ग्रस कलेक्सन ५० लाखभन्दा तल सीमित भयो ।

‘परिवर्तन’मा अहिलको डिमान्डेड नायिका अञ्जना बराइली छन् । एक्सन जनराको यो फिल्मले पनि बक्स अफिसमा कमाल गर्न सकेन । एक साता हलमा राम्रोसँग नटिक्ने फिल्ममा पर्‍यो । यसको ग्रस कलेक्सन ३२ लाख हाराहारी छ ।

हजारमा व्यापार गर्ने फिल्म

ग्रस कलेक्सन हजारमै सीमित हुने, दुई फिल्म छन् । लाख ग्रस कलेक्सन गर्न नसक्ने डिजास्टर फ्लप एक फिल्ममा नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् ।

नायिका पन्त स्टारर फिल्म ‘धागो’को ग्रस कलेक्सन ४० हजार ४२० रुपैयाँ मात्रै छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यो फिल्मका १२६ वटा टिकट बिक्री भए । यो फिल्म कात्तिक २८ बाट प्रदर्शनमा आएको थियो ।

त्यस्तै, अर्को फिल्म ‘चिराग’को ग्रस कलेक्सन ६८ हजार ४५० छ । यो फिल्मका पनि ३३० वटा टिकट बिक्री भए ।

करोडमा व्यापार गर्ने फिल्म चार

उक्त मितिमा प्रदर्शनमा आएका १६ मध्ये चार फिल्मले मात्रै ग्रस कलेक्सन कटाएका छन् । जसमा सबैभन्दा बढी व्यापार गर्ने ‘जारी २’ नै हो ।

दोस्रोमा बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘मनबिनाको धन’ छ । मध्यम व्यापार गरेको यो फिल्मले तीन करोड ८४ लाख ग्रस कलेक्सन गरेको थियो ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू फिल्मले कडा प्रतिस्पर्धाबीच ग्रस कलेक्सन १ करोड कटाएको छ ।

माघ १ बाट प्रदर्शनमा आएको यो फिल्मले दयाहाङ स्टारर ‘मिरमिरे’ र सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’सँग बक्स अफिस प्रतिस्पर्धा गरेको थियो ।

यी दुई फिल्म स्टारको फिल्मको ग्रस कलेक्सन ३० लाखको लाइनमा सीमित हुँदा ‘गोबर गणेश’ एक करोड ३६ लाखभन्दा बढी व्यापार गरेको छ ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले एक करोड २८ लाख ग्रस कलेक्सन गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ५३ बजे

चुनावी तालमेलको उपाय खोज्दै ओली : नेकपा र राप्रपा दुवैसँग कुरा अघि बढाउँदै

काठमाडौं- फागुन २१ गतेको निर्वाचन आउन एक महिना बाँकी हुँदा

इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि

जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा

मुस्ताङको साङ्तास्थित मतदानस्थल सार्न प्रस्ताव

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता गाउँको मतदानस्थल