इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय « Khabarhub

इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि झापाको भद्रपुरमा सुरु भएको छ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्‌घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकेडेमी आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आसाम १८।१ ओभरमा अलआउट हुँदै ९६ रनमा सीमित भयो । जवाफमा काठमाडौँ १६.२ ओभरमा ५४ रनमै अलआउट भएपछि आसामले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्‌घाटन गरेका थिए । प्रतियोगितामा नेपाल र भारतका चार–चार गरी आठ टोली सहभागी छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ भने अङ्क तालिकाका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद तीन लाख रुपैयाँसहित शिल्ड पाउनेछ । नेपालबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतबाट दिल्ली, लखनउ, आसाम र सिक्किमका टोली सहभागी रहेको क्लबका अध्यक्ष आदित्य पराजुलीले बताए ।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा भारतको दिल्लीले उद्‌घाटन खेलको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ५७ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि