इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय « Khabarhub

इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि झापाको भद्रपुरमा सुरु भएको छ ।

भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्‌घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकेडेमी आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आसाम १८।१ ओभरमा अलआउट हुँदै ९६ रनमा सीमित भयो । जवाफमा काठमाडौँ १६.२ ओभरमा ५४ रनमै अलआउट भएपछि आसामले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्‌घाटन गरेका थिए । प्रतियोगितामा नेपाल र भारतका चार–चार गरी आठ टोली सहभागी छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ भने अङ्क तालिकाका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद तीन लाख रुपैयाँसहित शिल्ड पाउनेछ । नेपालबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतबाट दिल्ली, लखनउ, आसाम र सिक्किमका टोली सहभागी रहेको क्लबका अध्यक्ष आदित्य पराजुलीले बताए ।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा भारतको दिल्लीले उद्‌घाटन खेलको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ५७ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको