जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त « Khabarhub

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अत्यधिक दरखास्त परेका छन्।

तथ्यांक कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र तीन हजार ९१३ गणक गरी चार हजार ४३९ कर्मचारीका लागि दरखास्त लिन सुरु गरेको थियो। बुधबारसम्म एक लाख १३ हजार ३५० दरखास्त परेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाएका छन्।

तथ्यांक कार्यालयले अनलाइनमार्फत सिधैं आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर, अत्यधिक चापका कारण सर्भरमा ओभर कक्राउन भएका कारणले सबै दरखास्त लिन नसिकिएको लामिछानेले जनाएका छन्।

जसले गर्दा दरखास्त दिने म्याद थप गरिएको तथ्यांका कार्यालयले जनाएको छ। माघ २२ गतेसम्म दरखास्त दिने समय तोकिएको भए पनि पाँच दिन बढाएर माघ २६ गतेसम्म थपिएको छ।

तथ्यांक कार्यालयले साढे दुई महिनाका लागि करारमा कर्मचारी राख्न लागेको हो। यसमा सुपरिवेक्षकको मासिक ३४ हजार ७३० र गणकको ३२ हजार ९०२ रुपैयाँ तलब तोकिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ५९ बजे

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा

नवनिर्वाचित सांसदहरूको शपथ सुरू (लाइभ)

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।