कश्मीरको सुन्दरता देखेर यूएईका कन्टेन्ट क्रिएटर दङ्ग « Khabarhub

कश्मीरको सुन्दरता देखेर यूएईका कन्टेन्ट क्रिएटर दङ्ग


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कश्मीरलाई किन पृथ्वीको स्वर्ग भनिएको हो भन्ने जान्न त्यहाँ पुग्नैपर्छ । आफ्नो आँखाले नदेखेसम्म कश्मीरको सुन्दरता थाहा पाइँदैन । सम्म मैदानदेखि हिउँले ढाकिएका उच्च हिमाल, मन्त्रमुग्ध पार्ने तालतलैया कश्मीरका विशेषता हुन् ।

हालै यूएईका कन्टेन्ट क्रिएटर खालिद अल अमेरीले कश्मीरको भ्रमण गरी आफ्ना दर्शकलाई कश्मीरको सुन्दरता देखाउने प्रयास गरेका छन् । उनले कश्मीरलाई ‘हिमस्वर्ग’ को संज्ञा दिएका छन् ।

अबु धाबीका ४२ वर्षीय कन्टेन्ट क्रिएटर अमेरीले विभिन्न देश घुमेर आफ्नो सामाजिक सञ्जालमा कन्टेन्ट राख्दै आएका छन् । विभिन्न सामाजिक सञ्जालमा उनका १ करोड ८० लाखभन्दा धेरै फलोअर्स छन् ।

कुनै समय पत्रकारिता गरेका उनी सन् २०२२ देखि खालिद अल अमेरी मिडियामार्फत् कन्टेन्ट क्रिएसनमा लागेका हुन् ।

दुबईबाट केबल चार घण्टाको हवाई उडानबाट कश्मीर पुग्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । सुन्दर गुलमर्गको तस्बिर पोस्ट गर्दै उनले क्याप्सन लेखेका छन्– ‘यो स्विट्जरल्याण्ड होइन । यो कश्मीर हो ।’

त्यसबाहेक उनले दल तालको भ्रमण गरेको तस्बिर तथा भिडियो पनि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : ५८ बजे

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २

जुम्ला–१ मा ज्ञानेन्द्र शाहीको लिड

काठमाडौं– जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता