मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु « Khabarhub

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला, तेल आपूर्तिमा संकट


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज ध्वस्त पारिएको छ ।

भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनका रूपमा चित्रण गरेका छन् । हाल यस अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक जहाज र बमवर्षक विमान सहभागी छन् ।

कुपरले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको तीव्रता सन् २००३ को इराक युद्धको सुरुवाती ‘शक एन्ड अवे’ बमबारीभन्दा झन्डै दोब्बर रहेको बताएका छन् । यस भीषण हमलाबाट इरानको वायु रक्षा प्रणालीमा गम्भीर क्षति पुर्‍याउनुका साथै सयौँ ब्यालिस्टिक मिसाइल, लन्चर र ड्रोन नष्ट गरिएको अमेरिकी दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि आफूले इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको स्पष्ट पारेका छन् । इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडामा चौथो रातसम्म लगातार जवाफी हमला जारी राखेको छ । दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा समेत आक्रमण गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७८७ पुगेको छ । यसैबीच इजरायलले इरानको सहर कोमस्थित ‘एसेम्बली अफ एक्सपर्ट्स’ को भवनलाई निशाना बनाएको छ । इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेपछि राष्ट्रपति ट्रम्पले ट्याङ्करलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको बताएका छन् ।

यो युद्धको बाछिटा छिमेकी मुलुकमा पनि देखिन थालेको छ । इजरायलले लेबनानको बेरुत र सिडोनमा बमबारी गर्दै दक्षिणी क्षेत्रमा आफ्ना सैनिकलाई थप सक्रिय बनाएको छ । तेल मार्गमा देखिएको अवरोधका कारण इराकले आफ्ना ठूला तेल क्षेत्रबाट उत्पादन ठप्प पारेको छ । यो युद्धको असर खाडी मुलुकमा परेको छ । धेरै नेपाली खाडी मुलुकमा रहेकाले यो तनावको सिधा असर नेपालका घरघरमा पुगेको छ । यूएईमा यही युद्धमा परेर केही नेपालीले ज्यानसमेत गुमाइसकेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : ४७ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले