पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ « Khabarhub

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतका अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

त्यसैगरी, प्रहरीले मौनअवधिमा रकमसहित हिँड्दै गरेका सिरह–३ का उम्मेदवार यादवलाई पनि नियन्त्रणमा लिएको हो।

सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्करपियोमा चार लाख ८७ हजार रुपियाँसहित यादव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उम्मेदवार यादवसँगै प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीका सवार पाँच जनासमेत पक्राउ परेका छन् ।

प्रहरीले उनको गाडीबाट अन्य शंकास्पद सामग्रीसमेत फेला पारेको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ०५ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु