विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै « Khabarhub

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्। सेमिफाइनलको यो पहिलो खेल भारतको इडेन गार्डेन मैदानमा हुँदैछ।यो खेल बुधबार साँझ ७: १५ बजे सुरु हुँदैछ।

समूह चरणका चार खेलमा विजयी हुँदै समूह ‘डी’को विजेता बनेर सुपर–८ प्रवेश गरेको दक्षिण अफ्रिकाले यो विश्वपमा हारको. सामना गरेको छैन।सुपर–८ को समूह एकमा रहेको दक्षिण अफ्रिकाले पहिलो खेलमा भारतलाई ७६ रनले हराउँदा दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको जित निकालेको छ। अन्तिम खेलमा जिम्बावेलाई पाँच विकेटले हराएको हो।

यता न्युजिल्यान्ड भने समूह चरणदेखि नै विभिन्न उतारचढावको सामना गर्दै सुपर–८ हुँदै समेमिफाइनल पुगेको हो।समूह चरणका चार खेलमा तीन जित र एक हारको सामना गरेको न्युजिल्यान्ड सुपर–८ मा समेत अंक बाँडेकै आधारमा सेमिफाइनल पुगेको हो।

सुपर आठका तीन खेलमध्ये पाकिस्तानसँगको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा एक अंक पाएको न्युजिल्यान्डले दोस्रो खेलमा सहआयोजक श्रीलंकालाई ६१ रनले हराउँदा अन्तिम खेलमा भने इंग्ल्यान्डसँग चार विकेटले पराजित भएको हो।

विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका समूह १ को विजेता बन्दै पुगेको हो भने समूह २ को उपविजेता बन्दै न्युजिल्यान्डले भेट पक्का गरेको हो।अपराजित दक्षिण अफ्रिका सेमिफाइनल भिडन्तमा न्युजिल्यान्ड भन्दा बलियो देखिन्छ।

दोस्रो सेमिफाइनलमा भने बिहीबार भारत र इंग्ल्यान्ड भिड्दैछन्। टी–२० विश्वकपको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ९ : ५५ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर