मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति  « Khabarhub

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

निर्वाचन अवधिभर हुन सक्ने सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राखी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एच इ ओसी)  का कर्मचारीहरूलाई २४ सै घण्टा सम्पर्कमा रहने व्यवस्था मिलाइएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार केन्द्रीय स्तरमा बन्दना भट्ट, डा.नवराज जोशी,  नरमाया रिजाल,  विमला महर्जन,  गोपाल पाण्डे र  श्रीय सुबेदीलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ । त्यस्तै, एचइओसी प्रमुख डा.प्रकाश बुढाथोकी पनि समन्वयका लागि उपलब्ध रहने उल्लेख गरिएको छ ।

यसैगरी सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्तिहरू पनि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी, कर्णाली प्रदेशमा श्यामलाल आचार्य, लुम्बिनी प्रदेशमा नोधनारायण चौधरी, गण्डकी प्रदेशमा  बुद्धिसागर अधिकारी, बागमती प्रदेशमा दिनेश रुपखेती, मधेश प्रदेशमा फुलेन्द्र यादव र कोशी प्रदेशमा डा. सव्यता पन्थीलाई सँपर्क व्यक्ति तोकिएको छ । 

मन्त्रालयले निर्वाचनका दिन तथा त्यसअघिपछि हुन सक्ने आकस्मिक स्वास्थ्य समस्याको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ पारिएको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : १५ बजे

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र