तस्बिरमा हेर्नुहोस्, वसन्तपुरमा मतदान केन्द्रको तयारी « Khabarhub

तस्बिरमा हेर्नुहोस्, वसन्तपुरमा मतदान केन्द्रको तयारी


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ । 

निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन् । बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन् ।

मतदानका लागि महिला र पुरुषको छुट्टा छुटै लाइनको व्यवस्था गरिएको छ भने असक्त, अपागंता, ज्येष्ठ नागरिक लगायतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । 

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र कायम गरेको छ ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ ३४०५ र समानुपातिक तर्फ ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

काठमाडौंको वसन्तपुरमा मतदान केन्द्रको तयारी । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ४० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६