इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग « Khabarhub

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको आक्रमणको छानबिन गर्न माग गरेको छ।

इजरायलले गरेको यस नरसंहारपूर्ण आक्रमणमा १५० कलिला छात्रा मारिएका थिए । तर, यस आक्रमणको जिम्मेवारी कसको हो भन्ने कुरा कार्यालयले खुलाएको छैन।

संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख भोल्कर टुर्कले यस घटनाको छिटो, निष्पक्ष र पूर्ण छानबिन हुनु आवश्यक रहेको बताएका छन् ।

जेनेभामा आयोजित प्रेस सम्मेलनमा प्रवक्ता रविना शमदासानीले भनिन्, ‘जसले आक्रमण गरेको हो, त्यसले नै छानबिन गरी सत्य बाहिर ल्याउन जिम्मेवार हुनु पर्छ।’

राष्ट्रसंघीय अधिकारीहरूले यस घटनालाई अत्यन्तै भयावह भएको बताएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूले यस संघर्षको विनाश र पीडा देखाउने उनीहरूको तर्क छ ।

यो प्राथमिक विद्यालय दक्षिणी इरानमा रहेको छ, गत शनिबार इजरायलले यस विद्यालयमा बम खसालेको थियो । त्यही दिन अमेरिकाले र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेका थिए।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेना जानबुझेर कुनै विद्यालयलाई निशाना नबनाउने जिकिर गरे। इजरायलले यस घटनाको छानबिन भइरहेको जनाएको छ।

जेनेभामा संयुक्त राष्ट्रका लागि इरानका राजदूत अली बहरेनीले यस आक्रमणलाई गलत र ‘आपराधिक’ बताएका छन्। उनका अनुसार यस आक्रमणमा १५० छात्रा मारिएका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ५४ बजे

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र