निर्वाचनका दिन कतै पनि वर्षा नहुने « Khabarhub

निर्वाचनका दिन कतै पनि वर्षा नहुने


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो । 

  महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिए । 

‘निर्वाचनको दिन देशभर मौसम सफा रहने छ, हामीले निर्वाचन आयोगका प्रतिनिधिलाई पनि मौसमसम्बन्धी जानकारी दिँदै आइरहेका छौँ’, उनले भने । 

पौडेलका अनुसार शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागका अनुसार आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ । 

लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । मधेस प्रदेशसहित तराईका भू-भागमा सामान्यतया सफा मौसम रहने जनाइएको छ ।

‘बिहीबार देशका अधिकांश भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछन् । उल्लेखनीय वर्षा प्रणाली सक्रिय नदेखिएकाले भारी वर्षाको सम्भावना छैन’, महाचशाखाद्वारा जारी विशेष बुलेटिनमा उल्लेख छ, ‘शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।’

महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । आवश्यकताअनुसार बुलेटिन अद्यावधिक गरिने उल्लेख गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ०२ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६