२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्छौँ : निर्वाचन आयोग « Khabarhub

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्छौँ : निर्वाचन आयोग


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।  

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको बताए ।

फाल्गुन २१ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुराइसकिएको उनले बताए । 

उनले मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भर, भरपर्दो प्रबन्ध मिलाइएको उल्लेख गरे ।

निर्वाचन केवल आफ्नो प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत भएकाले मतदानमा सहभागी हुन उनले अपिल गरे ।

भण्डारीले मतदानपछि छिटो मतपेटिका संकलन गर्ने प्रयास रहेको र २४ घण्टाभित्र प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्ने तयारीमा रहेको बताए । मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखिको प्रचलनमा रहेको प्रावधानलाई परिवर्तन नगरिएको उनको भनाइ छ । 

भण्डारीले अहिले निर्वाचनका लागि उत्साह देखिएकाले खस्ने परिणाम पनि प्रतिशतमा बढ्ने र बदर हुने प्रतिशत पनि घट्ने देखिएको बताए । 

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।  

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : २४ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।