कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ « Khabarhub

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । 

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था सुदृढ तुल्याइएको उक्त प्रदेशका सुरक्षा अङ्गका प्रमुखहरूले बताएका छन् । उनीहरूले समयमै मतदान स्थलमा पुगेर निर्धक्क मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । 

नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले सेना अन्य सुरक्षा निकायसँगको समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको बताए  उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए । 

सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन पूर्वी पृतना कटिबद्ध रहेको उपरथी केसीले जानकारी दिए ।

प्रदेशका १४ वटै जिल्लामा अस्थायी बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन, बम डिस्पोजल टोली परिचालन तथा तैनाथी, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन हवाई गस्ती तथा ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ । 

सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निर्वाचनको मौन अवधिमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पैदल तथा मोबाइल गस्ती बढाइएको छ । आकस्मिक उद्धार तथा सम्भावित संवेदनशील अवस्थामा खटिन हेलिकप्टर तथा हवाइजहाजलाई इटहरी र विराटनगरमा तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ । 

कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय खटिएको बताए । ‘सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त र सुदृढ छ । मतदानमा भाग लिन मतदाताले कुनै डरत्रास मान्नुपर्दैन’, उनले भने, ‘सुरक्षामा कुनै कमजोरी हुँदैन । निर्धक्क भई मतदान गर्नुस् ।’

सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगर्ने गरी गस्ती भइरहेको जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चितता गरिसकेको स्पष्ट पारे । 

सशस्त्र प्रहरी बलले सो प्रदेशमा सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि ‘हेडक्वार्टर’ र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ । 
 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ४१ बजे

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण