प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने « Khabarhub

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन् ।

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो ।

उक्त प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ, निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ ।

यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ । प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ ।

मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ । निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्न इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षता तथा गृहमन्त्रीको प्रमुख आतिथ्यतामा सुरक्षा निकायका सबै प्रमुखहरू, गृहमन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रणालीबारे जानकारी दिए ।

उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे-नपुगे, मतदान प्रक्रिया सुरु भए-नभएको तथा मतदान रोकिएको लगायत मत गणनाको अवस्थादेखि विजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ ।

अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ । जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमन गरिन्छ ।

उक्त अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताएका छन् ।

यो प्रणालीले निर्वाचनलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्री अर्यालले प्रविधिमा सबै अपडेट हुन आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

उक्त सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ ।

मतदान, निर्वाचन गतिविधि, सूचना संकलन व्यवस्थापन-अनुगमन र अनलाइन माध्यमबाट सूचना संकलन गरिनेछ ।

मतदानकेन्द प्रदेश कमाण्ड पोष्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको मनिटरिङ गर्न सूचणा प्रणालीको विकास गरिएको हो ।

मोबाइल टीम, सीसीक्यामेराबाट लाईभ मनिटरिङ गर्न सकिन्छ । मतगणना केन्द्रको विवरण कल सेन्टर र अनलाइनको माध्यमबाट सूचना संकलन गरिन्छ ।

सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन उपयोगी हुनेछ । यसका साथै गृहमन्त्री अर्यालले सात वटा प्रदेशका लागि कार्यरत सुरक्षाकर्मीको डेस्कको पनि जानकारी लिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ५८ बजे

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट