राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता « Khabarhub

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको यस बैठकले बैठकमा बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाबारे समीक्षा गरेको छ।

परिषद्ले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निष्कर्ष निकाल्दै निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्ने विषयमा छलफल गरेको जनाएको छ।

त्यस्तै, राष्ट्रिय सुरक्षामा आउन सक्ने सम्भावित चुनौती, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा विकसित पछिल्ला घटनाक्रमको प्रभाव र त्यसअनुसार अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको छ।

मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री (आमन्त्रित सदस्य), मुख्य सचिव तथा प्रधान सेनापतिसहित उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : ४८ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार