राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस् « Khabarhub

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज र सचेत भएर मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जाल मार्फत हमालले नेपालको भविष्य र राजनीतिक स्थिरताको महत्त्वपूर्ण पक्षलाई ध्यान दिएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनी भने। ‘केही दिन यता विश्व नै राजनीतिक अस्थिरताले भरिएको छ। इरानमाथि गरिएको आक्रमणले मध्(पूर्व मात्र नभई सम्पूर्ण विश्वमा हलचल मच्चाएको छ। यसले नेपाललाई संवेदनशील र कमजोर अवस्थामा पुगेको छ। यो पृष्ठभूमिमा नेपाल चुनावतर्फ अघि बढ्दैछ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका छन् । हमालले भने, “भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव मेरो लागि संवेदनशील र चुनौतीपूर्ण छ। हामी माझ हाम्रो छनोट पुराना र राजनीतिक हिसाबले परिपक्व दलहरूको छवि र नयाँ शक्ति भनिनेहरूको राजनीतिक अपरिपक्वता तथा दुरदर्शिता अझै स्पष्ट रूपमा नेपाली समुदायमा देखिएको छैन।”

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ०७ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार