मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा « Khabarhub

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका लागि देशैभर मतदान स्थल तथा केन्द्रमा निर्वाचन कर्मचारीहरू खटिएका छन् ।

अनेक सुरक्षा चुनौतीबीच सुरु हुन लागेको निर्वाचनअन्तर्गत मोरङमा भने कर्मचारीबीच नै झगडा भएको छ । बुधबार साँझ करिब ७ बजेतिर, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको ग मतदान केन्द्रमा खटिएका कर्मचारी र एक सहायक कर्मचारीबीच झगडा भएको हो ।

नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रका सहायक पाँचौं तहका कर्मचारी ३७ वर्षीय रञ्जित सिवाले मतदान अधिकृत र अन्य कर्मचारीहरूसँग गालीगलौज गर्दै निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोप छ ।

झगडाले उग्ररुप लिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : १९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र