दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र « Khabarhub

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुँदैछ । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवको तयारी तीव्र पारिएको उनको भनाइ छ ।

महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गरिने छ ।

महोत्सवमा १८० भन्दा बढी स्टल रहनेछन् । ती स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को प्रतिकृक्ति (स्ट्याचु) राखिनेछ । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ ।

त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना गरिनेछ ।

महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागितामा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना हुनेछ । महोत्सवमा पाँच करोड बढीको आर्थिक कारोबार हुने र दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ४१ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री