फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू) « Khabarhub

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।

शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।

फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार आज (शनिबार) बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

यस्तै, चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ । वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो ।

केही दिन पहिले प्रधानमन्त्री वालेन्द्र शाह र मेयर धनराज आचार्यबीच फेवालातको विषयमा टेलिफोनमा कुराकानी भएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ११ : ४० बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र