फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू) « Khabarhub

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।

शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।

फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार आज (शनिबार) बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

यस्तै, चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ । वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो ।

केही दिन पहिले प्रधानमन्त्री वालेन्द्र शाह र मेयर धनराज आचार्यबीच फेवालातको विषयमा टेलिफोनमा कुराकानी भएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ११ : ४० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति