विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै « Khabarhub

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ । क्यानले ओमानसँगको खेल अगाडि साविकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर २०० रुपैयाँ कायम गरेको हो ।

यसअघि मैदान प्रवेशका लागि प्रतिव्यक्ति ४०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक शृङ्खलामा ओमान र यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । यो शृङ्खलाको अन्तिम खेलका लागि दर्शकको उपस्थिति बढाउने उद्देश्यले क्यानले मूल्य घटाउने निर्णय लिएको हो ।

नेपाल र ओमानबीचको उक्त प्रतिस्पर्धा मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ४७ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा