विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै « Khabarhub

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ । क्यानले ओमानसँगको खेल अगाडि साविकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर २०० रुपैयाँ कायम गरेको हो ।

यसअघि मैदान प्रवेशका लागि प्रतिव्यक्ति ४०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक शृङ्खलामा ओमान र यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । यो शृङ्खलाको अन्तिम खेलका लागि दर्शकको उपस्थिति बढाउने उद्देश्यले क्यानले मूल्य घटाउने निर्णय लिएको हो ।

नेपाल र ओमानबीचको उक्त प्रतिस्पर्धा मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ४७ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम