पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर) « Khabarhub

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन् । पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि यहाँका बासिन्दा आन्दोलित भएका हुन् ।

महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । विशेष गरी पोखरा–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी सुकुम्बासी बस्तीका बासिन्दाले वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् ।

उनीहरूले उचित पुनःस्थापनापछि मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । नयाँ गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, कास्की’ले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जसअनुसार वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा र्‍यालीसहित कोणसभा गर्ने योजना छ ।

पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरा नगर योजना (२०३०) र पोखरा उपत्यका गुरुयोजना (२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा विवाद र सडक विस्तारका कारण हाल खुम्चिएर ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ११ : ३४ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार