फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके « Khabarhub

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक इन्ट्री गरेका छन ।

तामिलनाडुमा भएको विधानसभाको निर्वाचनमा उनी नेतृत्वको तमिलगा भेत्री कलगम (टीभीके)ले अन्य सबै दललाई बढारेको छ।

मतगणना सुरू भएको करिब दुई घण्टा बित्दा प्रारम्भिक रुझानहरूले भारतका विभिन्न राज्यमा रोचक राजनीतिक चित्र देखाइरहँदा तामिलनाडुमा टीभीकेले अकल्पनीय सफलता पाउने देखिएको हो ।

अभिनेतामा सफल भएर राजनीतिमा होमिएका विजय नेतृत्वको टीभीके अहिले तमिलनाडुमा ठूलो जिततर्फ उन्मुख देखिएको हो।

२३४ सिटका लागि मतदान भएको तमिलनाडुमा टीभीके १०९ सिटमा अगाडि छ । उता अल इन्डिया अन्ना द्रभिडा मुन्नेत्रा काजागम नेतृत्वको गठबन्धन ७७ सिटमा अगाडि छ। सत्तारूढ द्रभिडा मुन्नेत्रा काजागाम भने तेस्रो स्थानमा खस्किएको छ।

पछिल्लो अपडेटअनुसार टीभीकेले सरकार गठनका लागि आवश्यक ११८ सिटको बहुमत नजिक टीभीके उभिएको छ। उता हिरोबाट राजनीतिमा होमिएका पार्टी अध्यक्ष विजय पेरम्बुर र त्रिची (पूर्व) दुवै निर्वाचन क्षेत्रमा अगाडि छन्।

पश्चिम बंगाल : भाजपा भर्सेस टीएमसी

२९४ सिट रहेको पश्चिम बंगालमा भारतीय जनता पार्टी र अल इन्डिया त्रिनमूल कंग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक रुझानअनुसार भाजपा १६० भन्दा बढी सिटमा अगाडि रहँदै बहुमतको रेखा पार गरेको छ । मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको टीएमसी ११० भन्दा बढी सिटमा अगाडि छ।

यस निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ । बंगाल लामो समयदेखि भाजपा सत्ता बाहिर रहेको राज्य हो। यसका साथै मतदाता नामावली पुनरावलोकन (एसआईआर) अन्तर्गत करिब ८९ लाख मतदाता हटाइएकाले पनि राजनीतिक विवाद चर्किएको थियो।

केरल: युडीएफलाई अग्रता

१४० सिट रहेको केरलमा युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडीएफ) ले ९० भन्दा बढी सिटमा अग्रता लिँदै बहुमततर्फ अघि बढेको छ। लेफ्ट डेमोक्रेटिक फ्रन्ट (एलडीएफ) भने करिब ४० सिटमा सीमित देखिएको छ।

मुख्यमन्त्री पिनर्याई विजयनका सात मन्त्री प्रारम्भिक मतगणनामा पछाडि परेका छन्।

असम : भाजपा फेरि सशक्त

१२६ सिट रहेको असममा भाजपा ९५ सिटमा अगाडि रहँदै पुनः सरकार गठनतर्फ उन्मुख देखिएको छ। कांग्रेस करिब २९ सिटमा अगाडि छ।

पुदुचेरी : एनडीएको पकड

३० सिट रहेको पुदुचेरीमा भाजपा नेतृत्वको गठबन्धन २२ सिटमा अगाडि छ भने कांग्रेस गठबन्धन ६ सिटमा सीमित देखिएको छ।

समग्रमा, प्रारम्भिक रुझानहरूले भारतका विभिन्न राज्यमा राजनीतिक समीकरण बदलिँदै गएको संकेत गरेका छन् । विशेषगरी तमिलनाडुमा नयाँ शक्तिको उदय र बंगालमा कडा प्रतिस्पर्धा प्रमुख छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : १० बजे

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध

जापानले सुरु गर्‍यो बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक – जापान सरकारको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय