क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र « Khabarhub

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य अमेरिकाबाट औपचारिक प्रतिक्रिया प्राप्त भएको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघेईले आइतबार राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उक्त जानकारी दिँदै अमेरिकी प्रतिक्रिया हाल अध्ययनको क्रममा रहेको बताएका छन् ।

उहाँले स्पष्ट पार्दै इरानको प्रस्ताव पूर्ण रूपमा युद्ध अन्त्य गर्ने उद्देश्यमा केन्द्रित रहेको र यसमा आणविक विषयसँग सम्बन्धित कुनै पनि प्राविधिक वा विस्तृत विवरण समावेश नगरिएको बताए।

प्रवक्ताका अनुसार हालको प्राथमिकता क्षेत्रीय युद्ध अन्त्यका लागि आवश्यक आधारहरूमा केन्द्रित रहेको छ, जसमा लेबनानलगायत क्षेत्रको अवस्था पनि समावेश छ । उनले यस चरणमा कुनै पनि प्रकारको आणविक वार्ता नभएको स्पष्ट पारेका छन् । 

यसैबीच, इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले ओमान र जर्मनीका आफ्ना समकक्षीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पछिल्ला घटनाक्रमबारे छलफल गरे। ती छलफलहरूमा कूटनीतिक पहल र युद्ध अन्त्यका सम्भावित उपायबारे विचार आदानप्रदान गरिएको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

यस घटनाक्रमको पृष्ठभूमिमा हालैको तनावपछि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न सहरहरूमा संयुक्त सैन्य कारबाही गरेका थिए, जसपछि क्षेत्रीय तनाव थप बढेको बताइन्छ। त्यसपछि इरानले पनि प्रत्युत्तरस्वरूप क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरेको उल्लेख गरिएको छ ।


पछि अस्थायी युद्धविराम लागू भएको भए पनि त्यसपछि भएका वार्ताहरूले कुनै ठोस सम्झौता भने निकाल्न सकेका छैनन् । हालको परिस्थिति क्षेत्रीय स्थायित्व र कूटनीतिक प्रयासका लागि अझै संवेदनशील रहेको देखिन्छ ।
 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि