जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार « Khabarhub

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा परी मृत्यु हुने सिस्ने गाउँपालिका–६ टाकुराकी २८ वर्षीया युवा बुढाथोकी, उनका छोरा १० वर्षीय दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासूआमा ओमकुमारी बुढाथोकी, ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकीको दाहसंस्कार गरिएको हो । 

युवाका श्रीमान् दीपक बुढाथोकी अमेरिकाबाट घर पुगेपछि आज अन्त्येष्‍टि गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने पूजामा सहभागी हुन रुकुम पूर्वको रुकुमकोटबाट बुढाथोकी परिवारका सदस्य पूजाआजा गर्न त्यसतर्फ गएका थिए, तर जलजला नपुग्दै गाडी दुर्घटना परेको हो । दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । 

मृत्यकमध्ये १४ जनाको गत शनिबार नै दाहसंस्कार गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४३ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै