अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले « Khabarhub

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्ले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।

उनले वर्तमान सरकारले निजी क्षेत्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको धारणा राखे । अर्थमन्त्री वाग्ले निजी क्षेत्रमाथि धरपकड हुन्छ भन्ने अनावश्यक ढंगले संशय राख्नुपर्ने भन्दै राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानलाई मात्रै अघि बढाइएको स्पष्ट पारे । तर व्यवसायीको आवरणमा आपराधिक गतिविधि गरेको पाइएमा कारबाही हुने उनको भनाइ छ ।

उनले रास्वपाले चुनावी घोषणापत्रमा समावेश गरेका विषयलाई नै प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको बताए ।

अर्थमन्त्री वाग्ले रोजगारी सिर्जनादेखि उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेकोले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीतिले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । 

साथै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने प्रतिबद्धता समेत जनाए । उनले विदेशी लगानी भित्राउनका लागि पनि सरकारले उचित वातावरण बनाउने धारणा राखे । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : १८ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा