मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो « Khabarhub

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागद्वारा छापा मारिएपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।

सोमबार जारी विज्ञप्तिमा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको स्वीकारेका छन्।

मुख्यमन्त्री बानियाँले आफू पदमा आएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्।

बागमती प्रदेश सरकारको खर्च कटौती, मितव्ययिता र योजना तथा बजेटमा पारदर्शिता कायम गर्ने नीति अघि बढाइएको उनले बताएका छन्।

उनले राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानलाई सकारात्मक रूपमा लिने उल्लेख गर्दै संवैधानिक र कानुनी दायराभित्र हुने सबै छानबिनमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।

तर, पूर्व जानकारीबिना गरिएको छापा मारिएकोप्रति आपत्ति जनाउँदै उनले यसबाट आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा असर परेको महसुस भएको बताएका छन्।

मुख्यमन्त्री बानियाँले नागरिक तथा समर्थकहरूलाई भ्रमित नहुन आग्रह गर्दै आफू सधैँ जनताको सेवामा प्रतिबद्ध रहने बताएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ०१ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै