बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि। सन् २०२६ जुन ४ तारिख।  निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आजै परेका छन्।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : ३० बजे

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको