एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल « Khabarhub

एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने आजको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको खेल बिहीबार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । समूह ‘ए’का दुई खेलमा चीन पराजित भएपछि नेपाल र मलेसिया छनोट भइसकेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिमलाई सिंगापुर पठाएको छ ।

चीनविरुद्ध ब्याटिङ गर्दै नेपालका कुशल भुर्तेल । उनले ४३ बलमा १२९ रन बनाए । तस्बिरः क्यान

टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ६ : २० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी