नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाअघि जर्सीसँग दुईवटा एकदिवसीय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ (असार २९ र ३१) मा दुई एकदिवसीय खेल हुने तय भएको हो । खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गर्ने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली १८ वर्षपछि जर्सी जान लागेको हो । यसअघि सन् २००८ मा नेपालले ब्रिटिश टापु जर्सीमा विश्व क्रिकेट लिग डिभिजन–५ खेलेको थियो, जहाँ सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको यात्रा टुङ्गिएको थियो । सोही प्रतियोगिताको समूह चरणमा मोजाम्बिकविरुद्ध नेपालका बलर महबुब आलमले एक्लै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । आइसिसीको आधिकारिक प्रतियोगितामा कुनै पनि खेलाडीले १० विकेट लिएको त्यो पहिलो ऐतिहासिक अवसर थियो ।

जर्सीको तयारीपछि नेपाली टोली लिग–२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेदरल्यान्ड्समा नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिकोणात्मक शृंखला हुनेछ, जुन नेपालका लागि लिग–२ को दोस्रो अन्तिम शृंखला हो । नेपालले जुलाई २१ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरुवात गर्नेछ । त्यसपछि जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने लिग-२ को तालिका छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : १८ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी