भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसिसी महिला प्रिमियर कप

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा टस जितेर भुटानले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो ।

आक्रामक बलिङ गरेको भुटानले दुई ओभरको समाप्तिमा दुई विकेट हात पारिसकेको छ । बिन्दु रावललाई शून्यमा गुमाएको नेपालले सम्झना कुमारीलाई १० रन बनाउँदा गुमाएको छ । अहिले क्रिजमा पूजा महतो र सोनी पाख्रिन छन् ।

बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो खेलमा विजयी हुने लक्ष्यसहित मैदानमा छ ।

बुधबार भएको पहिलो खेलमा कतारले दिएको ७७ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा ७८ रन बनाउँदै पहिलो जित निकालेको हो ।

प्रतियोगितामा नेपालले अर्को खेलमा शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : ३३ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी