एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित « Khabarhub

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो ।

पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो ।

भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाउँदा चडो ओमले ११ रन जोडिन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट हात पारिन भने रिया शर्माले दुई विकेट लिइन् । कविता कुँवर र मनिषा उपाध्यायले एकएक विकेट हात पारे ।

कविताले चार ओभर बलिङ गर्दा मात्र पाँच रन दिएर एक विकेट हात पारेकी हुन् भने मनिषा उपाध्यायले चार ओभर बलिङ गर्दा ७ रन दिएर एक विकेट लिएकी हुन् ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । रुविना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रन जोडिन् । भुटानकी सोनाम र छिरिङ जाङ्मोले नेपाललाई सस्तैमा रोकन तीनतीन विकेट हात पारे ।

आफ्नो पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले हराएको नेपाल दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १० : १९ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी