एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित « Khabarhub

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो ।

पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो ।

भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाउँदा चडो ओमले ११ रन जोडिन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट हात पारिन भने रिया शर्माले दुई विकेट लिइन् । कविता कुँवर र मनिषा उपाध्यायले एकएक विकेट हात पारे ।

कविताले चार ओभर बलिङ गर्दा मात्र पाँच रन दिएर एक विकेट हात पारेकी हुन् भने मनिषा उपाध्यायले चार ओभर बलिङ गर्दा ७ रन दिएर एक विकेट लिएकी हुन् ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । रुविना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रन जोडिन् । भुटानकी सोनाम र छिरिङ जाङ्मोले नेपाललाई सस्तैमा रोकन तीनतीन विकेट हात पारे ।

आफ्नो पहिलो खेलमा बुधबार कतारलाई आठ विकेटले हराएको नेपाल दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १० : १९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्