‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’ « Khabarhub

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकताहरूसँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन् ।  

बिहीबार ललितपुरमा आयोजित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप २०२६’ को उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने समेत बताए ।

उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको र साहित्यले नै समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको धारणा राखे । 

सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनकाबीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए ।

उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले नेपालको साझा पहिचानलाई समृद्ध बनाएको उनले बताए । 

सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पुर्‍याउन सहयोग पुग्ने धारणा राखे । 

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १२ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली