अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका बारुती सुरुङ तथा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।

प्रान्तीय अधिकारीहरूका अनुसार घटना रोहानी बाबा जिल्लाको स्पेना तख्ता क्षेत्रमा भएको हो। बालबालिकाले खेल्ने क्रममा विस्फोटक वस्तु फेला पारेका थिए। त्यससँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निर्देशक मावलवी निसार अहमद नेजातले जानकारी दिए ।

यसैबीच, पछिल्ला तीन दिनमा गजनी प्रान्तमा भएका दुई छुट्टाछुट्टै विस्फोटका घटनामा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन्। ती घटनाहरू पनि युद्धकालीन हतियारका अवशेषसँग सम्बन्धित रहेको जनाइएको छ।

चार दशकभन्दा बढी समयदेखि युद्ध र आन्तरिक द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा बारुती सुरुङ र विस्फोट नभएका हतियारका अवशेष अझै पनि सर्वसाधारणका लागि ठूलो जोखिम बनेका छन्। यस्ता विस्फोटका घटनामा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १२ : ५५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका