‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’ « Khabarhub

‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हाबी भएको बताएका छन् ।  

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हाबी भएको बताएका हुन् ।

उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरूको प्रश्न रहेको बताए । निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानूनहरुलाई नजरअन्दाज गरेर फरक ढङ्गले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए ।

उनले सदनलाई सरकारको छायाजस्तो गरी सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरूले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध जनाएको धारणा राखे । सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरूको रहर नभएको उनको भनाइ छ ।

उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे । 

त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए । 
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ३ : ३९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका