एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित « Khabarhub

एशियाली खेलकुदको छनौटमा नेपालद्वारा मलेशिया १६७ रनले पराजित


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशियाली खेलकुदको छनौट प्रतियोगितामा नेपालले मलेशियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले दिएको २ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटियो ।

मलेशियाका लागि कप्तान सइद अजीजले ४५ बलमा ५४ रन बनाए । त्यस्तै, शरविन मुनियान्दीले १८ र मुहम्मद हजिक अइमानले १३ रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपालका लागि शेर मल्लले ३ तथा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान एक विकेट लिए ।

त्यअघि टस जितेर मलेशियाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा १ सय २६ रन बनाए । यस क्रममा उनले १४ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, आशिफ शेखले २४ बलमा ६८ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।

बलिङतर्फ विरानदीप सिंहले तीन तथा सइन अजीज र विजय उन्नीले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ३ : ५९ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी