जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक « Khabarhub

जगदम्बा मोटर्सद्वारा टीभीएसका दुई प्रिमियम मोटरसाइकल सार्वजनिक


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आयोजित एक विशेष समारोहबीच जगदम्बा मोटर्सले नेपालमा टीभीएस रोनिनका दुई नयाँ प्रिमियम भेरियन्टहरू सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रा. लिले ‘रोनिन मोनोटोन’ र ‘एगोन्डा’ भेरियन्टहरू बजारमा ल्याएको हो । काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक भव्य कार्यक्रममा यी नयाँ मोटरसाइकलहरूको अनावरण गरिएको थियो । यसबाट नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा युवा राइडरहरूका लागि नयाँ आकर्षण थपेका छन् ।

नयाँ लाइनअप अन्तर्गत टीभीएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड गरी दुई आकर्षक रङ्गहरूमा उपलब्ध गराइएको छ । यसको एक्स-शोरूम मूल्य ४,२९,९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, भारतको गोवाको प्रसिद्ध एगोन्डा बिचको घाम, बालुवा र त्यहाँको प्रभावबाट प्रेरित भएर तयार पारिएको टीभीएस रोनिन एगोन्डा संस्करण भने पर्ल ह्वाइट रङ्गमा उपलब्ध छ । धेरै कस्टम इन्सपायर्ड मोटरसाइकलमध्ये पहिलो मानिएको यो एगोन्डा संस्करणको एक्स-शोरूम मूल्य ४,३९,९०० रुपैयाँ निर्धारण गरिएको छ ।

आधुनिक-रेट्रो प्लेटफर्म कति बहुमुखी हुन सक्छ भन्ने पुष्टि गर्ने एगोन्डा संस्करणको चम्किलो सेतो आधारले बीचको बालुवालाई प्रतिनिधित्व गर्दछ, जुन फ्युल ट्याङ्की र हेडलाइट कभरसम्म फैलिएको छ । यस संस्करणमा आइकोनिक अल-एलईडी टी-फेस हेडल्याम्पको वरिपरि सेतो हेडल्याम्प काउल र फ्युल ट्याङ्कीमा निलो र रातो रेट्रो पिनस्ट्राइपहरू रहेका छन्, जसले विशेष कालो टीभीएस स्टालियन लोगोका साथ उत्कृष्ट ट्रिपल-टोन संयोजन पूरा गर्दै सहरमा सबैको ध्यानाकर्षण गर्न सफल देखिन्छ ।

आधुनिक-रेट्रो स्टाइलिङ र उन्नत इन्जिनियरिङको उत्कृष्ट सङ्गम रहेको टीभीएस रोनिनमा परिष्कृत २२५.९ सीसीको बलियो इन्जिन प्रयोग गरिएको छ । यस इन्जिनले ७,७५० आरपीएममा २०.४ पीएस पावर र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क प्रदान गर्दछ । बहुमुखी र सहज सवारी अनुभवका लागि निर्मित यस मोटरसाइकलमा कम गतिमा पनि सहज यात्रा सुनिश्चित गर्न ‘ग्लाइड ध्रु टेक्नोलोजी’, झन्झटरहित गियर परिवर्तनका लागि ‘असिस्ट एण्ड स्लिपर क्लच’, र उत्कृष्ट ह्यान्डलिङ एवं आरामका लागि ४१ एमएमको ‘अपसाइड-डाउन’ फ्रन्ट फोर्कहरू जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : १० बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति