भीरबाट लडेर किशोरको मृत्यु « Khabarhub

भीरबाट लडेर किशोरको मृत्यु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए ।

गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ४ : २३ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको